२३ दिनकी बच्चीले दिईन दुई व्यक्तिलाई नयाँ जीवन, भईन आफु दुनियाँबाट बिदा …

काठमाडौं । जन्मिएको २३ दिनमा एउटी बच्चीले आफ्नो मृगौला दान दिएर यो दुनियाँबाट बिदा भएकी छिन् । वास्तवमा ब्रिटेनमा ईस्ट –याँर्कशायरबाट मिनी डुगलेबीको जन्मेदेखि नै मनको बिरामी भएकी थिइन । बच्चीको गलामा नभई नहुने मांशपेशी जोडिएको थिएन । सर्जरी पश्चात पनि उनलाई ठिक नहुने डाक्टरहरुले बताएका थिए ।

डाक्टरहरुले अपरेसन गराउन खोज्दा पनि उनका माता पिताले रोकेका थिए । उनीहरुले आफ्नो बच्चाको थोरै दिन भएपनि शान्तीसंग बाच्न दिने निर्णय गरेकाले यसो गरिएको बताए । जब २३ दिनमा मृत्यु भएपनि मातापिताले आफ्नो बच्ची जिउँदै राख्नको लागी अंगदान दिने फैसला गरेको बताएका छन् ।

२३ दिन बाँचेकी मिनी सबैभन्दा कम उमेरकी अंगदान गर्ने मानिसको लिस्टमा परेकी छिन् । उसको मृर्गौला एक व्यक्तिलाई ट्रान्सप्लान्ट गरिएको थियो । उनको स्वास्थ अहिले ठिकसंग चलिरहेको छ । ब्रिटेनमा सबैभन्दा सानो उमेरमा अंगदान दिने व्यक्ति मिनी भएकी छिन् ।

आफुहरुले आफ्नो छोरी जिउँदै नभए पनि उसको अंगले अर्को मान्छे बाँच्न सक्ने भएकाले अवसर नगुमाएको बताएका छन् । मिनीले आफ्नो छोटो जिन्दगीमा कसैलाई जीवन दान दिन सकेकोमा उनकी आमा निकै खुशी भएकी छिन् । मिनी मिस्टर एन्ड मिसेज डुगलेबीको दोश्रो सन्तान हुन् । उनीहरुको पहिलो सन्तात छोरी छोरी लिलि हुन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?