आमा र छोरीको एकैदिन विवाह, गए एकसाथ हनिमुन

काठमाडौं । हरेक आमा आफ्नो छोरीको विवाहको सपना आफ्नो मनमा सजाउने गर्दछिन् । तर कहिल्यै तपाईले आमा र छोरीको विवाह एकैदिन भएको पनि देख्नु भएको छ ? यदि छैन भने आज हामी तपाईलाई त्यसबारेमा जानकारी दिन्छौँ ।

आयरल्याण्डमा एउटा यस्तै अनौठो घटना देखिएको छ । आमा आफ्नी छोरीको लागि बेस्ट फ्रेन्ड बन्छिन्, यो कुरा सबैलाई थाहा नै छ । तर त्यहाँकी आमा र छोरीले एकैदिन विवाह गरेर आफ्नो साथ झनै बिशेष बनाएका छन् ।

त्यति मात्रै होइन, आमा छोरी दुबै एकैसाथ हनिमुन पनि गएका छन् । आयरल्याण्डकी ५३ वर्षकी त्रिशा डफी र उनकी छोरी ३५ वर्षकी एसलिंगले एकैदिन विवाह गरेर एकैसाथ हनिमुन गएका हुन् ।

उनीहरु एक अर्काको दुख सुखको साथ दिने वाचा सहित यस्तो गरेको आमा बताउँछिन् । विवाहमा १६० जना नातेदारहरु सामेल थिए ।

एसलिंगले मौरिस नामक युवकसँग विवाह गरिन् भने उनकी आमा त्रिशाले ७१ वर्षका जोई एफसँग विवाह गरेकी थिइन् ।

एसलिंगले भनिन्, ‘जब मेरी आमाले एकैसाथ विवाह गर्ने सल्लाह दिनुभयो, तब मलाई लाग्यो यो मजाक हो, तर अन्य छिमेकीलाई त्यो कुरा बताउँदा उनीहरुले राम्रो आइडिया भएको बताए । म आफ्नी आमासँग सबै कुरा शेयर गर्दछु । त्यसैले हामीले हनिमुन जाने प्लान पनि एकैािथ गर्याैँ र अब म चाहान्छु हाम्रो बच्चा पनि एकैसाथ जन्मियोस् ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?