अमेरिकन आइडलमा नेपाली युवा दिवेशको प्रशंसा, निर्णायकले दिए ‘स्ट्यान्डिङ अवेसन’

काठमाडौं । विश्वकै चर्चित ‘सिङगिङ रियालिटी सो’ अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेलका निर्णायकले उनको खुलेर प्रशंसा गरेका छन् ।

दिवेशको प्रस्तुतिलाई अडिसन राउन्डमा झैं यो पटक पनि निर्णायकले खुलेर प्रशंसा गरेका हुन् ।

नमस्तै भन्दै स्टेज प्रवेश गरेका दिवेशको प्रस्तुतीमा निर्णायक मध्येकी एक क्यटि पेरीले वान्स मोरभन्दा तीनै जना निर्णायकले स्ट्यान्डिङ अवेसन दिए ।

निर्णायकले स्ट्यान्डिङ अवेसन दिँदै दिवेशको गीतमा झुम्दा लाइभ पफमेन्स हेर्ने दर्शकले पनि उठेर साथ दिएका थिए ।

अमेरिकन आइडलको १८औं सिजनमा शीर्ष २० भित्र परेका दिवेशलाई निर्णायक लुक ब्रायनले अडिसनमा ठूलो स्टार हुन सक्ने भन्दै प्रशंसा गरेका थिए ।

अमेरिकन आइडलमा गुञ्जियो २१ वर्षीय दिवेशको स्वर, जजलाई सिकाए नमस्ते गर्न(भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?