अमेरिकन आइडलमा गुञ्जियो २१ वर्षीय दिवेशको स्वर, जजलाई सिकाए नमस्ते गर्न(भिडियोसहित)

काठमाडौं । नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको १८ औं सिजनको पहिलो शृङ्खलामा छानिएका छन् ।

आइतबार अमेरिकी च्यानल एबिसीबाट प्रशारण भएको अमेरिकन आइडलको पहिलो शृङ्खलाबाट उनी छानिएका हुन् ।

अमेरिकन आइडलको मञ्चमा उनले आफूलाई नेपाली भनेर चिनाएनन् मात्र निर्णायकहरुलाई नमस्ते गर्न पनि सिकाए ।

६ वर्षदेखि अमेरिकामा बस्दै आएका २१ वर्षीय पोखरेलले यसअघि आफैं गीत रचना गर्नेदेखि संगीत भर्ने तथा गाउने गर्थे । उनले आफ्ना थुप्रै गीतहरु आफ्नै यु–ट्युब च्यानलमार्फत सार्वजनिक गरिसकेका छन् । उनले आर्थर गनको उपनामबाट गाउँदै आएका छन् ।

काठमाडौंमा जन्मेका दिवेशले कर्णाली, प्रलय बीजस्ता गीत बजारमा ल्याइसकेका छन् ।

अमेरिकन आइडलका निर्णायक लुक ब्रायनले दिवेशलाई ठूलो स्टार हुन सक्ने भन्दै चर्चासमेत गरेका छन् ।

विश्वकै सर्वाधिक ठूलो गायन रियालिटी शो मध्येको एक मानिने अमेरिकन आइडलको निर्णायकमा ब्रायनसँगै केटी परी र लाइनल रिची रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?