झापा-११ लाई पराजित गर्दै मनाङ सेमिफाइनलमा

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा झापा-११ लाई १-० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो ।

मनाङको जितमा अन्जन बिष्टले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा अन्जनले निर्णायक गोल गरेका थिए ।

अब मनाङले सेमिफाइनलमा त्रिभुवन आर्मी र संकटा क्लबबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?