६ महिनासम्म औषधि अभाव नहुने

काठमाडौं । नेपाल औषधि उत्पादक संघले ६ महिनासम्म औषधिको अभाव नहुने बताएको छ । भारतले २६ प्रकारका औषधि निर्यातमा प्रतिवन्ध लगाएपछि नेपालमा औषधि अभाव हुने आँकलन भइरहेका बेला संघले यस्तो बताएको हो । संघका निवर्तमान अध्यक्ष दीपक प्रसाद दाहालले जनवरीमा मात्रै ३८ मेट्रिक टन पारासिटामोल आएको बताए ।

उनले बने, ‘कच्चा पदार्थ र तयारी वस्तु गरेर हामीसँग मौज्दात भएको ३ महिनाका लागि हो । भर्खरै नेपाल औषधि व्यवसायी संघले पनि प्रेस विज्ञप्ती जारी गर्दै ३ महिनाको लागि छ भनेर भनेको छ । भनेपछि नेपालमा यी वस्तुहरु ६ महिनासम्म पुग्छन् । हामी आत्तिनुपर्ने अवस्था छैन् ।’

संघका महासचिव बिप्लव अधिकारीले नेपाल ७५ प्रतिशत औषधिमा आत्मनिर्भर रहेको बताए । अफ्ठ्यारो अवस्थामा सरकारले विदेशमा माग्नुभन्दा नेपाली उद्योगिहरुलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए । उनले भने, ‘अहिले ७५ प्रतिशत औषधिमा हामी आत्मनिर्भर छौँ ।

विदेशीले जुनसुकै बेला रोक्यो भने पनि तयार छौँ । हार गुहार गर्नुपर्ने अवस्था छैन् । सरकारले प्रोत्साहन ग-यो भने २ वर्षमा नेपाली औषधि उद्योगहरुलाई पूर्ण रुपले आत्मनिर्भर बनाउँछौँ ।’

चीनको वुहान सहरबाट फैलिएको कोरोनाको संक्रमणले विश्वलाई त्रसित बनाएको छ । भारतले पनि २६ प्रकारका औषधि र कच्चा पदार्थको निर्यातमा प्रतिवन्ध लगएपछि नेपाली बजारमा औषधिको अभाव हुन सक्ने भन्दै आंकलन भइरहेको बेला संघले ६ महिनासम्म कुनै अभाव नहुने बताएको हो ।

यो पनि पढ्नुहोस्

भारतले औषधिको निर्यात रोकेपनि सरोकारवाला भन्छन् – डराउनुपर्दैन, नेपालसँग कति छ स्टक औषधि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?