काठमाडौं । एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेट अन्तर्गत नेपाल र सिंगापुरबीचको खेल रद्द भएको छ । बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा वर्षाको कारण नेपाल र सिंगापुरबीचको खेल रद्द भएको हो ।
बिहिबार राति परेको वर्षाले मैदान खेल्न योग्य नहुँदा नेपाल र सिंगापुरबीचको खेल टस समेत नभई रद्द गरिएको हो । खेल रद्द भएसँगै दुवै टोलीले १-१ अंक बाडेका छन् ।
सिंगापुरसँग एक अंक पाएसँगै नेपालले ४ खेलमा ३ अंक जोडेर प्रतियोगिताको अन्त्य गरेको छ । सिंगापुर भने शीर्ष दुई पक्का गर्दै एसिया कप छनोटमा पुगेको छ । ७ अंक जोड्दै सिंगापुर शीर्ष स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया