काउन्टीलाई पराजित गर्दै युनाइटेड क्वाटरफाइनलमा

काठमाडौं । इन्ग्लिश प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको खेलमा डर्बी काउन्टीलाई ३-० गोल अन्तरले हराउँदै गर्दै युनाइटेडले क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

युनाइटेडको जितमा ओडिओन इघालोले दुई गोल गरे । लुक शको नाममा एक गोल गरे ।

खेलको ३३ औं मिनेटमा शले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा इघालोले गोल गर्दै युनाइटेडको अग्रता २-० को बनाए ।

त्यसपछि खेलको ७० औं मिनेटमा इघालोले दोस्रो गोल गर्दै युनाइटेडलाई ३-० को सहज जित दिलाए । अब युनाइटेडले क्वाटरफाइनलमा नर्विच सिटीसँग खेल्नेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?