एसओएस बालग्राममा २५ जनाका लागि जागिर खुल्यो

काठमाडौं । नेपालमा ४८ वर्षदेखि कार्यरत एसओएस बालग्रामले २५ जना एकल महिलालाई १२ महिने तालिमसहित रोजगारी दिने भएको छ ।

सूचनाअनुसार तालिममा छनोट भएका २५ जनालाई सैद्धान्तिक तालिम दिइएपछि स्थायी रोजगारीको समेत अवसर प्रदान गरिनेछ ।
१० कक्षा उत्तीर्ण भइ २५ देखि ३५ वर्ष ननाघेका एकल महिलाले आगामी चैत १२ गतेभित्र आवेदन दिन सक्ने शुक्रबार प्रकाशित एक सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?