धरानमा पहिलो पटक जिपलाइन

काठमाडौं । प्रदेश १ मा पहिलो पटक सुनसरीको धरानमा व्यावसायिक साहसिक खेल जिपलाइन शनिबारदेखी शुरु हुने भएको छ । वल्र्ड वाइड ग्रुप नेपाल प्रालिले धरान ४ भेडेटारदेखी देवीथानसम्म ६ सय ५० मिटरको जिपलाइन सञ्चालन सुरु गर्न लागेको हो ।

केदार बहादुर थापा, विवश भण्डारी, यम राई र डोलिका लिम्बुलगायतको लगानीमा करिब ३ करोडको लागतमा जिपलाइन सञ्चालन हुन लागेको हो । यस अघि नै जिपलाइनको परीक्षण सफल भइसकेको सञ्चालक मध्येका केदार बहादुर थापाले बताए ।

६ सय ५० मिटर दुरीमा ३० देखि ४० सेकेण्ड समय साहसिक पर्यटकले मजा लिन सक्नेछन् । कम्तीमा १० बर्षदेखि माथिकाले जिपलाइन गर्न सक्ने सञ्चालकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?