काठमाडौं । म्यान्चेष्टर सिटी एफ ए कप फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा सेफिल्ड युनाईटेडलाई पराजित गर्दै सिटीले अन्तिम ८ मा प्रवेश गरेको हो ।
खेलको ५३ औं मिनेटमा सर्जियो अग्युरोले विजयी गोल गर्दै सिटीलाई जित दिलाए । यता टोटनहमलाई नर्विचले पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले हराएर क्वार्टरफाईनलमा स्थान पक्का गरेको छ ।
लेष्टर सिटीले बिर्मिंहमलाई १-० ले हराएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया