नेपालको एसिया कप छनोटमा पुग्ने सपनामा ब्रेक !

काठमाडौं । नेपाल थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी-ट्वान्टी क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । बैंककमा बुधबार भएको खेलमा सिंगापुरले हङकङलाई १६ रनले पराजित गरेपछी नेपाल एक खेल अगाबै प्रतियोगिताबाट बाहिरिएको हो ।

इस्टर्न रिजनबाट बाहिरिएसँगै नेपाल एसिया कप छनोट पुग्न असफल भएको छ । र, एसिया कप खेल्ने नेपालको सपना समेत सकिएको छ ।अब नेपालले बाँकी रहेको सिंगापुरविरुद्धको खेलमा जित निकाले पनि शीर्ष दुईमा स्थान बनाउन सक्ने छैन ।

अंक तालिकामा सिंगापुर ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । समान खेलमा मलेसिया र हङकङको समान ४-४ अंक रहेको छ । नेपाल २ अंकका साथ तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ । नेपालले सिंगापुरसँग खेल्न बाँकी रहेको छ ।

नेपालले आफ्नो अन्तिम खेल शुक्रबार सिंगापुरसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?