काठमाडौं । प्रधानमन्त्री महिला भलिबल प्रतियोगिताको छैटौं संस्करणको फाइनल खेल आज हुँदैछ ।
नेपालगञ्ज कर्भडहलमा हुने खेलमा एपीएफ र नेपाल पुलिस क्लब भिड्दै छन् । फाइनल खेल दिउँसो २ बजे नेपालगञ्ज कर्भडहलमा शुरु हुनेछ ।
प्रतियोगितामा दुवै टिम अपराजित रहँदै फाइनल पुगेका हुन् । यस्तै, प्रतियोगिताको तेस्रो स्थानका न्यु डाइमण्ड र आर्मीले खेल्नेछ ।
प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तृतीय हुने टिमले ५० हजार रुपैयाँ पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया