काठमाडौं । लिभरपुललाई पराजित गर्दै चेल्सी एफ ए कपको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पाँचौ चरणको खेलमा चेल्सीले लिभरपुललाई २–० गोल अन्तरले पराजित गरेको हो ।
लण्डन क्लबसंग पराजित हुँदै लिभरपुल एफ ए कपबाट बाहिरिएको छ । लिभरपुलले लण्डन क्लबको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सिजनको दोस्रो हार ब्यहोर्यो ।
विलियनले १३ औ मिनेटमा चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । ६४ औ मिनेटमा एभर्टनका पुर्व खेलाडी रोस बार्कलीले चेल्सीको अग्रता दोब्बर बनाए ।
च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा चेल्सीले स्पेनिस महारथी एट्लेटिको मड्रिडसंग खेल्दैछ । पहिलो लेगमा चेल्सी १–० ले पराजित बनेको थियो ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया