काठमाडौं । आर्सनल एफ ए कपको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।
आईतबार राति पाँचौ चरणको खेलमा पोर्ट्समाउथलाई २-० गोल अन्तरले पराजित गर्दै आर्सनलले अन्तिम ८ माप्रवेश गरेको हो । आर्सनलको जितमा स्रोक्राटिस र एडी नेकेथियाले समान एक एक गोल गरे ।
स्रोक्राटिसले पहिलो हाफको ईन्जुरी समयमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । एडी नेकेथियाले ५१ औं मिनेटमा आर्सनलको अग्रता दोब्बर बनाए ।
पोर्ट्समाउथको पछिल्लो १० खेलको अपराजित यात्रामा समेत पुर्णविराम लागेको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया