काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुई विदेशी खेलाडीलाई जरिवाना गरेको छ ।
एन्फाले सरस्वती युथ क्लबबाट ए डिभिजन लिग खेलेका काजिम बुसारी र ब्रिगेड ब्वाईजबाट खेलेका ताजुदीन बुसारीलाई जरिवाना गरेको छ ।
दुवै खेलाडीलाई एन्फाले जनही २५ हजार जरिवाना गरेको हो ।
एन्फाको खेलाडी अनुबन्ध नियम विपरित मोफसलको प्रतियोगिता खेलेको भन्दै एन्फाले उनीहरुलाई जरिवाना गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया