नेपाललाई १ सय ५५ रनको लक्ष्य

काठमाडौं । एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको दोस्रो खेलमा नेपाललाई हङकङले जितका लागि १ सय ५५ रनको लक्ष्य दिएको छ ।

थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो ।

हङकङका निजाकट खानले सर्वाधिक ४८ रन दिलाए । उनले पहिलो विकेटका लागि साहिद वासिफसँग ५८ रनको साझेदारी गरेका थिए । वासिफ २६ रनमा आउट भए ।

यस्तै कप्तान अजिज खानले २९ रन जोड्दा हरुन मोहमद अर्सादले २७ रन बनाए । जेम्स जोनले १३ रन जोड्दा वाकस खान ५ रनमा अविजित रहे ।

नेपालका सन्दीप लामिछाने र सुशान भारीले २र२ विकेट लिए । कुशल मल्लले १ विकेट लिए ।

हङकङविरुद्ध आज नेपाललाई जित्नै पर्ने दबाब रहेको छ । उपाधि जित्ने लक्ष्यसहित थाइल्याण्ड पुगेको नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको थियो ।

हङकङको भने यो पहिलो खेल हो । नेपाललाई हराएर हङकङ सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?