इङ्लिस प्रिमियर लिगः लेस्टर १–० गोलले पराजित

इङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा रहेको लेस्टर सिटी रेलिगेनमा रहेको नर्विच सिटीद्वारा पराजित भएकाे छ ।

शुक्रबार राति भएको खेलमा लेस्टर नर्विच सिटीसँग उसैको मैदानमा १–० गोलले पराजित भयो । नर्विचको जितमा जमल लेविसले गोल गरे । जमलले ७०औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । जमलले म्याक्स आरोन्सको पासमा गोल गरेका थिए ।
पछिल्ला खेलमा कमजोर प्रदर्शन गरिरहेको लेस्टरले नर्विचबिरुद्ध लगातार गोलको अवसर गुमाएको थियो । यस हारसँगै लेस्टरले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको दूरी घटाउने मौका गुमाएको छ ।

लेस्टरको २७ खेलबाट ५० अंक छ । २१ अंक बनाको नर्विच तालिाको अन्तिममा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?