फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक

काठमाडौं । माछापुच्छे« त्रिशक्ति युनाइटेड क्लब लाहाचोकले गण्डकी प्रदेश क्लबस्तरीय खुला फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरेको छ ।

प्रतियोगितामा कूल नौ लाख ८८ हजार ५३२ आम्दानी भइ र सञ्चालन खर्च कटाएर १७ हजार २१५ बचत भएको कार्यक्रम संयोजक राजेन्द्र गौतमले जानकारी दिए ।

प्रतियोगिताबाट बचत भएकाको १० प्रतिशत मिर्गौलापीडित हरिलाल परियारलाई सहयोग गरेको क्लबले जनाएको छ । प्रतियोगिताका विजेतालाई एक लाख ५५ हजार ५५५, उपविजेतालाई ७७ हजार ७७७ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

‘राष्ट्रिय गौरव तथा स्वस्थ नागरिकका लागि खेलकूद’ भन्ने नाराका साथ गत माघ १ गतेदेखि ६ गतेसम्म यहाँ प्रतियोगिता सम्पन्न भएको थियो । माछापुच्छे« गाउँपालिका वडा नं ४ का अध्यक्ष पूर्णबहादुर शाहीले गाउँपालिकामा स्तरीय खेलमैदान बनाउनुपर्ने आवश्यकता औँल्याए ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० जिल्ला सदस्य रामचन्द्र अधिकारीले दक्ष खेलाडी तयार गर्ने गरी क्रियाशील बन्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?