ब्रुगको पोस्टमा युनाईटेडले गर्यो गोलको बर्षा, जितसँगै म्यान्चेष्टर अन्तिम १६ मा

काठमाडौं । युरोपा लिग फुटबलको अन्तिम ३२ को दोस्रो लेगको खेलमा म्यान्चेष्टर युनाईटेडले बेल्जियमको क्लब ब्रुगलाई ५–० गोल अन्तरले हराएको छ ।

शुक्रबार भएको खेलमा फराकिलो जित निकाल्दै युनाईटेड अन्तिम १६ मा प्रवेश गरेको हो । पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो । दोस्रो लेगमा ५–० को जित निकाल्दै युनाईटेड समग्रमा ६–१ को नतिजा सहित अन्तिम १६ मा प्रवेश गरेको हो ।

बेल्जियमको क्लबबिरुद्ध निकै आक्रमक खेल पस्किएको युनाईटेडले पहिलो हाफमै तीन गोल गर्दै खेलमा नियन्त्रण जमाएको थियो । दोस्रो हाफमा थप दुई गोल गर्यो ।

ओडियन ईग्लुले म्यान्चेष्टर युनाईटेडका लागि पहिलो गोल गरेको खेलमा फ्रेडले दुई गोल गरे । यस्तै, ब्रुनो फर्नान्डेज र स्कोट एमसी टोमिनेले एक एक गोल गरे ।

फर्नान्डेजले पेनाल्टीमा गोल गरेका थिए । साइमन डेलीको ह्याण्ड बलमा युनाईटेडले पेनाल्टीको अवसर पाएको थियो । खेलको २२ औ मिनेटमा पाहुना टोली १० खेलाडीमा सिमित बनेको थियो । क्लब ब्रुगले हजारौ समर्थकलाई युनाईटेडको मैदानमा उतारेको थियो । तर खलाडीले राम्रो प्रर्दशन गर्न नसक्दा बेल्जियम क्लबका समर्थक निराश हुन पुगे ।

जितसंगै युनाईटेडले अन्तिम १६ को यात्रा पक्का गरेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?