काठमाडौं । लण्डन क्लब आर्सनल युरोपा लिगबाट बाहिरिएको छ ।
शुक्रबार अन्तिम ३२ को दोस्रो लेगको खेलमा ओलम्पियाकोससंग पराजित हुँदै आर्सनल अवे गोलका आधारमा प्रतियोगिताबाट बाहिरिएको हो ।
कप्तान पियरे ईम्रिक अबुमियाङलेखेलमा पराजित भएपछि आर्सनल युरोपा लिगबाट बाहिरिन बाध्य भयो । पहिलो लेगको खेलमा आर्सनलले १–० को अग्रता लिएको थियो । पपी अबौ सीसेको गोलसंगै ग्रिस क्लबले दोस्रो लेगको खेल बराबरीतर्फ उन्मुख बनाएको थियो ।
खेलको अन्तिम समयमा युसुफ एल अरबीले गोल गर्दै समग्रमा खेल २–२ को स्थितीमा ल्याए ।
सो गोलसंग बराबरीमा सकिएको खेलमा अवे गोलका आधारमा ओलम्पियाकोस युरोपा लिगको अघिल्लो चरणमा प्रवेश गर्न सफल रह्यो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया