जलाउन लागेको मुर्दा उठेपछि मलामिहरू भागाभाग !

काठमाडौं । भारतको उडिसामा जलाउन लागेको मुर्दा उठेपछि मलामिहरूले भागाभाग गरेका थिए ।

सीमान्चक मलिक नाम गरेका व्यक्तिको मृत्यु भयो भनेर अन्तिम संस्कारका लागि घाट पुर्याइएको थियो । तर अन्तिम संस्कार गर्दै गर्दा मलिक उठेपछि मलामी गएकाहरु भुत भनेर तर्सिका हुन् ।

मलामीमध्ये कसैले चिकित्सकलाई खबर गरी अस्पताल पुर्याएर मृत भनिएका मलिकको उपचार गराइयो । हाल उनको अवस्था सामान्य छ । यो घटना हाल भारतमा निकै चर्चामा रहेको छ ।

शनिबार बाख्रा चराउन जंगल गएका मलिक आइतबारसम्म घर नफर्किएपछि खोज्न गएका आफन्तले उनलाई बेहोस अवस्थामा भेटेका थिए । उनीहरुले मलिक मरेको सम्झिएर अन्तिम संस्कारका लागि घाट पुर्याएका थिए ।

तर उनी मृत नभएर ज्वरोका कारण बेहोस मात्र भएको चिकित्सकले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?