नेपाल आउँदै नेपाली टिमका पूर्वप्रशिक्षक पुबुदु दासानायके

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक पुबुदु दासानायके आइतवार काठमाण्डौ आइपुग्ने भएका छन् ।

एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लाडियटर्सको प्रशिक्षकका रूपमा रहेका पूर्वप्रशिक्षक दासानायके आइतवार काठमाण्डौ आउने भएका हुन् ।

आउँदो चैत्र १ गतेदेखि हुने एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लाडियेटर्सले पुबुदुलाइ एक सिजनका लागि प्रशिक्षकमा अनुबन्ध गरेको हो ।

नेपाली राष्ट्रिय टिमका भरपर्दा ब्याट्स्म्यान शरद भेषावकर कप्तान रहेको भैरहवाले ईपीएलका लागि ट्यालेन्ट हन्ट पनि गर्दैछ । जसका लागि पनि पुबुदु केही चाँडो नेपाल आउने भएका हुन् ।

पुबुदु नेपाल आइपुगेपछि भैरहवाको ट्यालेन्ट हन्टमा पनि सहभागी हुनेछन ।

पुबुदुकै प्रशिक्षणमा नेपालले अन्तराष्ट्रिय क्रिकेटमा ठूलो सफलता हात पारेको थियो। उनले नेपाललाई सन् २०१४ को टी-२० विश्वकपमा पनि पुर्याएका थिए ।

पुबुदुले नेपाललाई विश्व क्रिकेट लिग अन्तर्गत डिभिजन ४ बाट डिभिजन १ को टोलीसम्म बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?