युईएफए च्याम्पियन्स लिगमा : रियल मड्रिड र म्यानचेस्टर सिटी भिड्दै

काठमाडौं । युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा आजराति दुई ठुला क्लब रियल मड्रिड र म्यानचेस्टर सिटी भिड्दै छन् ।

युरोपियन फुटबलकै सर्वाधिक सफल स्पेनिस क्लब रियलले घरेलु मैदानमा इन्ग्लिश क्लब सिटीसँग खेल्नेछ । खेल राति १:४५ बजे सुरु हुनेछ । सान्टियागो बेर्नाबेउमा दुवै टिम जित निकाल्दै क्वाटरफाइनलको यात्रा सहज बनाउने लक्ष्यमा हुनेछ ।

घरेलु मैदानमा रियल सिटीलाई हराएर दोस्रो लेग सहज बनाउन चाहन्छ । तर, रियललाई इडेन हाजार्डको चोटका कारण हाजार्ड सिटीसँगको खेलमा देखिने छैनन् ।

यता, सिटी घरेलु टोलीलाई स्तब्ध बनाउने लक्ष्यमा हुनेछ । तर, घरेलु टोलीविरुद्ध सिटीलाई सहज भने छैन । यस सिजन लिगमा उत्कृष्ट प्रदर्शन गर्न चुकिरहेको सिटी च्याम्पियन्स लिगमा भने उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ ।

सिटीले च्याम्पियन्स लिगको अघिल्ला चार भेटमा रियललाई उसैको मैदानमा हराउँन सकको छैन । दुई हार ब्यहोरेको सिटीले दुई खेल बराबरी खेलेको छ ।

रियल सिटीविरुद्ध आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?