राईनो गोल्डकप : उपाधिका लागि पुलिस र आर्मी भिड्दै

काठमाडौं । पाचौं संस्करणको राईनो गोल्डकपको फाइनल खेल बुधबार (आज) हुँदैछ ।

नवलपुरमा हुने फाइनलमा दुई विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छन् । मध्येबिन्दु मिनि रंगशालामा हुने फाइनल खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

विभागीय डर्बी भिडन्तमा दुवै टिम जित निकाल्दै सिजनको पहिलो उपाधि हात पार्न चाहन्छ । तर, दुवै टिम दोस्रो रोजाईका खेलाडीसहित मैदान उत्रने छन् ।

आर्मी युद्ध शाहीको कप्तानीमा खेल्नेछ । पुलिस भने हेम तामाङको कप्तानीमा मैदान उत्रने छन् । १० टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?