काठमाडौं । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा बार्सिलोनाले नापोलीसँग घरेलु मैदानमा १–१ गोलको बराबरी खेलेको छ । डेरिस मार्टिन्सले घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएपनि एन्टोनी ग्रिजम्यानले बार्सिलोनाका लागि बराबरी गोल फर्काएका थिए ।
पाहुना टोली बार्सिलोनाले बराबरी खेलेपनि अवे गोल प्राप्त गर्न भने सफल रह्यो । मार्टिन्सले ३० औं मिनेटमा गोल गर्दै घरेलु टोली नापोलीलाई सुरुवाती अग्रता दिलाए । बार्सिलोनका एन्टोनी ग्रिजम्यानले ५७ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।
खेल सकिन एक मिनेट बाँकी छदाँ आर्तुरो भिडाल रातो कार्ड खादै मैदान बाहिरिएपछि बार्सिलोनाले १० खेलाडीमा सिमित भएर खेलको अन्त्य गरेको थियो ।
दोस्रो लेगको खेल वायर्न र बार्सिलोनाको घरेलु मैदानमा हुनेछ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया