कोरोनाको त्रास फुटबलमा पनि, इन्टरले युरोपा लिगको खेल बन्द रंगशालामा खेल्ने !

काठमाडौं । इटालियन क्लब इन्टर मिलानले युरोपा लिगको अन्तिम ३२ अन्तर्गत लुडोगोरेट्सविरुद्धको घरेलु खेल दर्शकबिना बन्द रंगशालामा खेल्ने भएको छ ।

कोरोना भाइरसको सङ्क्रमण्मका कारण इन्टरले बुल्गेरियन क्लबसँगको खेल रंगशाला बन्द गरेर खेल्ने भएको हो । इन्टरले पहिलो लेग खेल बिहिबार राति खेल्नेछ । तर, मिलानमा कोरोना तीव्र गतिमा फैलिएको कारण दर्शक बिना खेल खेलिने भएको हो ।

यो पनि पढ्नुहोस् : युरोपमा पनि कोरोनाको त्रास, बार्सिलोनाका खेलाडीहरुको स्वास्थ्य जाँच गरिने

यस अघि सिरी ए अन्तर्गत इन्टर र साम्पडोरियाबीचको आइतबार तय खेल स्थगित गरिएको थियो । कोरोनाको कारण मिलान शहरको विभिन्न स्कुल तथा कलेजहरु सोमबारबाट बन्द गरिएको छ ।

इटालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमणबाट सोमबारसम्ममा चार जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उत्तरी लोम्बार्डी क्षेत्रमा पछिल्लो पटक एक जना ८४ वर्षका वृद्धको कोरोनाकै सङ्क्रमणबाट मृत्यु भएको हो । एजेन्सी

यो पनि पढ्नुहोस् :  इटालीमा पनि कोरोनाको त्रास : ४ को मृत्यु, १५० बढीमा सङ्क्रमण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?