पीएसजीद्वारा बोर्डो पराजित, नेयमारलाई रातो कार्ड

काठमाडौं । लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजीले पुनरागमन जित हात पारेको छ ।

आईतबार राति नेयमार रातो कार्ड खादै मैदान बाहिरिएको खेलमा पीएसजीले बोर्डोलाई ४–३ गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा मार्किन्होसले दुई तथा ईडिन्सन काभानी र केलियन एम्बाप्पेले एक एक गोल गरेका थिए ।

यस्तै क्लबका लागि नाससिमेन्टो डी कास्ट्रो र रुबिन पाड्रोले एक एक गोल गरेका थिए । दोस्रो हाफको अन्तिम मिनेटमा यासीन अदलीलाई लडाएपछि नेयमार दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएका थिए । उनले शनिबार घरेलु मैदानमा डिजोनबिरुद्ध हुने खेल गुमाउनेछन् ।

जितसंगै पीएसजीले लिगमा १३ अंकको अग्रता कायम गरेको छ । शीर्ष स्थानको पीएसजीको ६५ अंक छ । बोर्डो ३५ अंक सहित तालिकाको १२ औं स्थानमा छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?