आईसीसीले गर्यो वेष्ट इण्डिज क्रिकेट बोर्डलाई जरिवाना

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले वेष्ट इण्डिज क्रिकेट बोर्डलाई जरिवाना गरेको छ ।

कोलोम्बोमा शनिबार श्रीलंकाविरुद्धको एकदिवसीय खेलमा स्लो ओभर बलिङ गरेको भन्दै वेष्ट इण्डिजलाई जरिवाना गरेको हो । आईसीसीले वेष्ट इण्डिजलाई ४० प्रतिशत म्याच फि जरिवाना गरिएको जनाएको छ ।

म्याच रेफ्री जाभागल श्रीनाथले वेष्ट इण्डिजले स्लो ओभर रेट गरेको कारण कारवाहीको लागि पत्र तयार गरेका थिए । श्रीनाथसंगै फिल्ड अम्पाएर पौल विल्सन र रुचिरा यस्तै मराइस एरास्मसलेजारी गरेको कारवाहीमा वेष्ट इण्डिजका कप्तान किरण पोलार्डले स्वीकार गरेका छन् ।

खेलमा वेष्ट इण्डिज श्रीलंकासँग १ विकेटले पराजित भएको थियो । जितसँगै श्रीलंकाले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?