कुकुरले मोजा सुँघेर पत्ता लगाउँछन् मलेरियाका रोगी

काठमाडौं । हामीले लगाएको मोजा सुँघेर कुकुरहरूले मलेरिया पत्ता लगाउन सक्छन् ।

मलेरिया संक्रमित रोगीको छाला र श्वासबाट विशेष किसिमको दुर्गन्ध आउने हुँदा कुकुरहरूले सुँघेर मलेरियाको पहिचान गर्न सक्ने लण्डनको डरहम युनिभर्सिटीका खोजकर्ताहरूले दाबी गरेका छन् ।

उक्त अनुसन्धानमा ९० प्रतिशत सफलता प्राप्त भएको वैज्ञानिकहरुले बताएका हुन् ।

अमेरिकन सोसाइटी अफ ट्रपिकल मेडिसिन एण्ड हाइजीनको वार्षिक बैठकमा उक्त रिसर्च पेश गरिएको थियो ।

अनुसन्धान समयमा ग्याम्बिया स्कूलका बच्चाहरूमा मलेरियाको लक्षण देखिएपछि उनीहरूलाई रातभरि नाइलनको मोजा लगाउन र रगतको नमूना दिन लगाइएको थियो ।

उक्त स्कूलबाट कुल १ सय ७५ नमूना परिक्षण गरिएको थियो । त्यसमध्ये १ सय ४५ स्वस्थ बच्चाहरूको पनि मोजाको नमूना परिक्षण गरिएको थियो ।

उक्त नमूनाहरूलाई जाँचको लागि लण्डन पठाइयो । प्रशिक्षित दुई कुकुरहरूले मोजा सुँघेर ३० बच्चाहरूमा मलेरिया भएको पुष्टि गरेका हुुन्।

त्यस्तै रगतको परीक्षण गरेर हेर्दा ७० प्रतिशत नतिजा सहि रहेको पाइएको थियो ।

त्यसका लागि कुकुरहरूलाई थप प्रशिक्षणको तथा मोजा बाहेक अर्को वस्तुको पनि अनुसन्धानमा समावेश गर्नु पर्ने आवश्यक देखिएको थियो ।

त्यस अगाडि कुकुरहरूले यूरिन स्याम्पल सुँघेर बिरामीमा प्रोस्टेट क्यान्सर, थाइराइड क्यान्सर, तथा मधुमेह पत्ता लगाउन सक्ने दाबी गरिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?