बालकले लेखे लिभरपुलका म्यानेजरलाई खेल हार्नुहोस् भन्दै चिठी, के आयो जवाफ ?

काठमाडौं । इंग्लिश फुटबल क्लव म्यानचेस्टर युनाइटेडका एक १० वर्षीया फ्यानले लिभरपुलका म्यानेजर जुर्गेन क्लोपलाई एक चिठी लेखेका छन् ।

१० वर्षका डराघ कुर्लेले ५२ वर्षका जर्मन म्यानेजर क्लोपलाई म्याच हार्न अनुरोध गर्दै एउटा चिठी लेखेर पठाएका हुन् ।

तर डराघले लेखेका छन् ‘तपाईहरुले ९ खेल जित्नु भयो भने इंग्लिश फुटबलमा तपाईहरु सबैभन्दा धेरै म्याचमा अगाडि हुने रेकर्ड राख्नुहुन्छ । तर म युनाइटेडको फ्यान भएको नाताले मेरा लागि यो एकदमै दुखको कुरा हो । त्यसैले कृपया तपाईहरु हार्नुहोस् ।’

तर क्लोपले जवाफमा दुर्भाग्यवश म यस्तो गर्न सक्दिन भन्ने जवाफ पठाएका छन् । म तपाईको अपिल मान्न सक्दिन । तपाई जति लिभरपुर हारोस् भन्ने चाहानुहुन्छ म पनि त्यति नै लिभरपुललाई जित दिलाउन चाहान्छु ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?