युनाइटेडलाई शीर्ष पाँचमा उक्लने मौका

काठमाडौं । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज ३ खेल हुँदैछ । लिगमा आइतबार म्यानचेस्टर युनाइटेड, आर्सनल, एभर्टन लगायतको खेल हुनेछ ।

युनाइटेडले घरेलु मैदानमा वाट्फोर्डको सामना गर्नेछ । खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ । घरेलु मैदानमा युनाइटेड वाट्फोर्डलाई हराउँदै शीर्ष पाँचमा उक्लन चाहन्छ । युनाइटेड ३८ अंकसहित लिगको सातौं स्थानमा रहेको छ ।

वाट्फोर्डलाई पराजित गरेमा युनाइटेड पाँचौं स्थानमा उक्लने छ । लिगमा २४ अंक जोडेको वाट्फोर्ड रेलिगेसन क्षेत्रमा रहेको छ । आर्सनलले घरेलु मैदानमा एभर्टनको सामना गर्नेछ । खेल नेपाली समय अनुसार १०:१५ बजे सुरु हुनेछ ।

यस सिजन खराब लयमा रहेको आर्सनल जित निकाल्दै शीर्ष ७ भित्र उक्लन चाहन्छ । यस्तै एभर्टन पनि आर्सनललाई हराएर छैटौं स्थानमा उक्लन चाहन्छ । लिगको ११ औं स्थानको आर्सनलको ३४ अंक रहेको छ । दशौँ स्थानको एभर्टनको ३६ अंक रहेको छ ।

लिग अन्तर्गत अर्को खेलमा वुल्भ्स र नर्विचबीच प्रतिस्पर्धा हुनेछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?