यीनै हुन् त नेपालकै होचा व्यक्ति ?

विराटनगर, माघ १४ -विराटनगर–१९ बैजनाथपुर नहरटोल निवासी २१ वर्षिय प्रकाश सरदारले आफु नेपालकै सवैभन्दा होचो व्यक्ति भएको दावी गरेका छन् उक्त विषयलाई पुष्टि गर्न सोमवार विराटनगर महानगरपालिका मेयर भिम पराजुली ईन्ची टेप लिएर सरदारको घर पुगेका थिए ।

मेयर पराजुलीको मापन अनुसार सरदारको कदको उचाई ३१ ईन्च रहेको पाईएको थियो । मेयर पराजुलीले प्रकाश नेपालकै होचा व्यक्ति हुनसक्ने भन्दै यस्ता राष्ट्रिय आर्कषणलाई संरक्षण गर्न उनलाई प्रति महिना ३ हजार महानगरपालिकाको तर्फवाट भत्ता उपलब्ध गराउने घोषणा समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?