गर्भनाल नकाटेकी यी बच्ची डाक्टरसँग यसरी रिसाएपछि…

काठमाडौं । डाक्टरहरु कोहि पनि नवजात बच्चा जन्मिएपछि बच्चाको स्वास्थ्इ अवस्था ठीक छ कि छैन भने बच्चालाई रुहाउँछन् । तर ब्राजिलको रियो दि जेनेरियोको एक अस्पतालमा १३ फेब्रुअरीमा एक बच्चीको जन्म भयो । तर ति बच्ची रोइनन् ।

डाक्टरले गर्भनाल काट्नु भन्दा अगाडि रुहाउँने धेरै प्रयास गरे तर बच्ची नरोएपछि उनीह अचम्ममा परे । बच्चीले रुनुको साटो डाक्टरलाई नै रिसाएर हेरिन् ।

उनको अनुहारमा जन्मिए लगत्तै त्यस्तो रिसाहा भाव देखेर सबै अचम्ममा परे । डाक्टरका अनुसार त्यस प्रकारको बच्चा अहिलेसम्म उनले देखेका थिएनन् तर बच्चीको गर्भनाल काटेपछि भन डाको छोडेर रुन थालिन् ।

बच्चीको फोटो अस्पतालको पेजबाट शेयर गरिएको छ । प्यारेनट्सले उनको नाम इसाबेल परेडा डी जीसस राखेका छन् । उनको जन्म अप्रेशनबाट भएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?