काठमाडौं । स्पेनिस लिगमा रियल मड्रिड लेभान्टेसँग पराजित भएको छ ।
शनिबार राति भएको खेलमा घरेलु टोली लेभान्टेले रियल मड्रिडलाई १–० गोल अन्तरले पराजित गरेको हो । लेभान्टेको जितमा खेलको ७९ औ मिनेटमा जोसे लुईस मोरालेसले विजयी गोल गरे ।
रियल मड्रिडले अक्टोबरपछि लिगमा पहिलो हार ब्यहोरेको हो । हारसँगै रियलले शीर्ष स्थानमा पुनरागमनको मौका गुमाएको छ । शीर्ष स्थानको बार्सिलोना अर्को आईतबार रियलको भ्रमणमा निस्कदैछ । उसले ईबरलाई ५–० गोल अन्तरले पराजित गर्दै लिगमा स्पष्ट २ अंकको अग्रता लिएको छ ।
जितसंगै लेभान्टे ३२ अंक सहित तालिकाको दशौं स्थानमा उक्लिएको छ । रियल ५३ अंक सहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया