मेस्सीले पूरा गरे ४८ औं ह्याट्रिक, इबरमाथि गोलको बर्षा

काठमाडौँ । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले आफ्नो खेल जीवनको ४८औं ह्याट्रिक पूरा गरेका छन् । यस्तै गएराति सम्पन्न खेलमा बार्सिलोनाले स्पेनिल ला लिगा फुटबलमा इबरमाथि गोल बर्षा गरेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले इबरलाई ५–० गोलले हरायो । जितसँगै बार्सिलोना लिगको शीर्ष स्थानमा फर्किएको छ ।

बार्सिलोनालाई सजिलै जिताउन कप्तान मेस्सीले ह्याट्रिकसहित चार गोल गरे । अर्को गोल अर्थरले थपेका थिए । एकपक्षीय खेलमा बार्सिलोनाले १४औं मिनेटमा मेस्सीको गोलमा अग्रता लिएको थियो । ३७औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल टोलीको अग्रता दोब्बर बनाए । ४०औं मिनेटमा अर्को गोल गर्दै पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए । फर्ममा देखिएका मेस्सीले ८७औं मिनेटम चौथो गोल गरेका थिए । ८९ औं मिनेटमा अर्थरले गोल गर्दै बार्सिलोनालाई फराकिलो जित दिलाए ।

जितसँगै शीर्ष स्थान कब्जा गरेको बार्सिलोनाले २५ खेलबाट ५५ अंक बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?