सताक्षी गोल्डकप : मछिन्द्र र आर्मी भिड्दै

काठमाडौं । तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज शुक्रबार हुँदैछ ।

झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा हुने दोस्रो सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी मछिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन र उपविजेता आर्मीबीचको खेल दिउँदो ३ बजे सुरु हुनेछ । दुवै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछन् ।

सतासीधाम स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ६ लाख नगद पाउने छ। उपविजेताले ३ लाख पाउने छ । यस्तै प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्टले ५० हजार र हाइ स्कोररलाई २५ हजार पाउने छन् ।

त्यस्तै, उत्कृष्ट मिडफिल्डर, फरवार्ड, डिफेन्डर, गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही २०-२० हजार पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?