एक हप्तामा सिफारिस समिति गठन गरि गभर्नर छनोट प्रक्रिया अघि बढाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर सिफारिसको लागि समिति बन्ने भएको छ । हालका गभर्नर डा चिरञ्जीवि नेपालको ५ वर्षे कार्यकाल आगामी चैत ५ गतेबाट सकिदैँछ । हरेक गभर्नरको कार्यकाल सकिनुभन्दा १ महिना अघि ३ जनाको सिफारिस समिति बनाउनुपर्ने प्रावधान रहेको छ । उक्त समितिको अध्यक्षमा अर्थमन्त्र स्वयम रहने व्यवस्था रहेको छ भने पूर्वगभर्नर मध्येबाट एक सदस्य तथा अर्काेमा सरकारले तोकेको मान्छे सदस्यमा नियुक्त हुनेछन् ।

तर अहिले सिफारिस समिति गठनको लागि ढिलाई भइसकेको अर्थमन्त्रालयको स्रोतले जनाएको छ ।अर्थमन्त्रालयका अनुसार यसै साता सिफारिस समिति गठन गरि गभर्नर छनोटको प्रक्रिया अघि बढ्नेछ । उक्त समितिले नै गभर्नरको नियुक्त गर्ने कानूनी प्रावधान रहेको छ । गभर्नर हुनको लागि व्यक्ति आर्थिक, मौद्रिक, बैंकिङ्ग, वित्तीय तथा वाणिज्य कानूनको क्षेत्रमा दख्खलता रहेको व्यक्ति रहनुपर्नेछ ।

राष्ट्र बैंकको ऐन अनुसार बहालवाला गभर्नरको पदावदी सकिएपछि गभर्नर नियुक्त गर्नुपर्ने प्रावधान रहेको छ । त्यसो त नयाँ गभर्नर फागुन ५ भित्रनै नियुक्त गरिनुपर्ने थियो । उक्त समयावधि भने सकिएको छ । हालका अर्थमन्त्री डा युवराज खतिवडा गभर्नर रहेको बेलामा पनि सिफारिस समिति गठनमा ढिलाई भएको थियो । साथै खतिवडाको कार्यकाल सकिएपछि मात्र नयाँ गभर्नर नियुक्त गरिएको थियो । त्यस्तै अहिलेपनि गभर्नर नियुक्तीमा ढिलाई हुने तथा बहालवाला गभर्नरको कार्यावधि लम्बिने देखिएको छ । नयाँ गभर्नर नियुक्ती गर्न बनेको समितिबाट सिफारिस भएका व्यक्तिमध्येबाट एक जनालाई नियुक्त गरिनुपर्ने कानुनी प्रावधान रहेको अर्थमन्त्रालयको स्रोतले जनाएको छ ।

गभर्नरले कार्यावधि सकिनुभन्दा एक महिनाअघि नै बिदा बस्न पाउने सुविधा रहेको छ । तर हालका गभर्नर नेपालले भने एक महिना बिदा नबस्ने साथै उक्त समयमा मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्ने भएका छन् । तर अर्थमन्त्री खतिवडाले भने तत्काल त्यसो नगर्न समेत निर्देशन दिएका छन् ।

यस अघि लोकपथबाट प्रकाशन गरेको यी सामाग्री पढनुभएको थियो ? 

को बन्ला राष्ट्र बैंकको १७ औं गभर्नर ? यी हुन् आकांक्षी

गभर्नरको कुर्सीः ओली, प्रचण्डदेखी अर्थमन्त्रीसम्मको फेरो तानातान, कस्को भागमा पल्टिएला पासा ?

गभर्नर नेपाल १ महिना बिदा नबस्ने, यस्तो छ उनको कार्ययोजना

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?