गभर्नरको कुर्सीः ओली, प्रचण्डदेखी अर्थमन्त्रीसम्मको फेरो तानातान, कस्को भागमा पल्टिएला पासा ?

काठमाडौं । केन्द्रिय बैंकको रुपमा नेपाल राष्ट्र बैंकले काम कारबाही गरिरहेको छ । नेपालको आर्थिक व्यवस्थापन तथा मौद्रिक नीति निर्माण साथै अर्थतन्त्रलाई मार्ग निर्देश गर्नु राष्ट्र बैंकको काम कर्तव्य र अधिकारभित्र पर्दछ । अर्थतन्त्रलाई चलायमान बनाउनका लागि ठुलो संस्थाको सर्वोच्च पदको चर्चा र महत्व पनि ठुलो रहेको छ ।

स्थापनाको ६ दशक भन्दा लामो अवधीमा राष्ट्र बैंकले १५ जना प्रमुख व्यक्तिहरुको कार्यभार सकाएर बिदा गरिसकेको छ । भने हालका १६ औँ गभर्नरलाई लगभग बिदा गर्ने अवस्थामा छ राष्ट्र बैंक । नेपाल राष्ट्र बैंकका १६ गभर्नरका रुपमा रहेका डा. चिरञ्जिवी नेपालको कार्यकाल आगामी चैतमा सकिँदैछ । अब १७ औँ गभर्नरका रुपमा को आउने भन्ने चर्चा वित्तीय क्षेत्रमा नभई सर्वसाधारणमा समेत हुन थालेको छ ।

नेपालको हरेक नियुक्तीमा राजनीतिक वृतको प्रभाव मुख्य मानिन्छ । संवैधानिक निकायदेखि लिएर प्राज्ञिक क्षेत्र तथा अन्य साना देखि ठुला ठाँउहरुमा राजनीतिक होडवाजी हुने गर्दछ । विगतका ईतिहासलाइ हेर्ने हो भने राष्ट्र बैंकको गभर्नर पद पनि त्यसबाट अछुतो रहन सकेको छैन । त्यसरी हुने हरेक किसिमका नियुक्तीमा सत्ताधारी पार्टीको भुमिका मुख्य हुने गरेको छ ।

राष्ट्र बैंकको गभर्नर बन्नका लागि विभिन्न क्षेत्र तथा राष्ट्र बैंककै विभिन्न ओहदामा रहेका व्यक्तिहरुको चर्चापरिचर्चा एवं वार्गेनिङ चल्न थालेको समाचारहरु आइरहेका छन् । शुरुमा चर्चामा आएका कतिपय नामहरु भने कतै स्थानान्तरण भइ दौडबाट बाहिरिसकेका छन् । भने कतिपय नयाँ अनुहारहरु देखा पर्न थालेका छन् । यसै क्रममा गर्भनर डा. नेपालको कार्यकालका लागि डेपुटी गभर्नर मध्येका एक शिवराज श्रेष्ठलाई आर्थिक अनियमितताको आरोपमा निलम्बन गरिएको छ ।

सबै क्षेत्रमा कार्यकाल सकिन लाग्दा विभिन्न वहानामा असहज परिस्थिती खडा गरि व्यक्तिको व्यक्तित्व माथि गलत प्रचारवाजी गरिएका प्रशस्त ईतिहास रहेका छन् । त्यस्तै नियुक्तीको पहिलो वरियतामा रहेका व्यक्तिहरुलाई विभिन्न आरोपमा निलम्बन गरिनु स्वभाविक जस्तै बनेको छ । साथै एक अर्कालाइ सिध्याएर आफ्ना मान्छेलाइ सर्वोच्च पदमा प-र्याउन कसरत हुने गरेको कुरा भने नौलो होइन । ऐनमा व्यवस्था भए अनुसार नै श्रेष्ठ स्वत्तः निलम्बनमा परेका हुन् । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २२ को उपदफा ४ मा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकलाइ पदमुक्त हुनासाथ स्वत निलम्बन हुन सक्ने भन्ने कानुनी प्रावधान रहेको छ ।

श्रेष्ठ निलम्बनमा परेसँगै राष्ट्र बैंकले श्रीराम पौडेलको संयोजकत्वमा रामजी रेग्मी र सुवोध कुमार कर्ण गरि तीन जनाको छानबिन समिती गठन गरि छानविनको प्रक्रिया अगाडी बढाएको थियो । यससँगै निलम्बित श्रेष्ठको सम्पती विवरण समेत सार्वजनिक गरिसकेको छ ।

गभर्नर पदका लागि शुरुमा विभिन्न व्यक्तिहरुको नाम चर्चा आएका थिए । लगानी बोर्ड नेपालका कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, राष्ट्र बैंकका सञ्चालक समिती सदस्य सुवोध कर्ण , हालका डेपुटी गभर्नर शिवराज श्रेष्ठ तथा चिन्तामणी शिवाकोटी, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठ, नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारी तथा राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक भाष्करमणी अधिकारी लगायतको नाम चर्चामा रहेको छ ।

राजनीति दाउपेच र दौडधुप एवं कसरत उच्च तहबाट नै हुने भएकाले त्यो दौडको विजेता अर्थात गभर्नर को बन्ला भन्ने कुरा गम्भिर रुपमा हेरिएको छ । चर्चामा रहेका तथा चर्चा भन्दा बाहिरबाट समेत को आउछ, साथै कसको को सँग कतिको राजनीतिक उठबस छ भन्ने कुराले समेत महत्वपुर्ण भुमिका निर्वाह गर्दछ ।

कसको को सँग के सम्बन्ध छ ?

गभर्नर पदका लागि लविङ गर्नमध्ये प्रमुख रुपमा हेरिएका पात्र हुन चिन्ताणमी शिवाकोटी । उनी राष्ट्र बैंकका वहालवाला डेपुटी गभर्नर समेत हुन् । एकातिर अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा परेसँगै उनको सम्भावना बढेको देखिन्छ । भने अर्कोतिर शिवाकोटीलाइ सत्ताधारी पार्टी तथा सरकार प्रमुखसँग नै राम्रो राजनीतिक उठबस रहेका कारण पनि उनको चर्चा धेरै रहेको जानकारहरु बताउँछन् । राष्ट्र बैंकमा उनलाई नेकपाको नैताकै रुपमा हेरिने गरेको छ । त्यसै कारण पनि उनलाइ प्रधानमन्त्रीको मन बुझाउन सकेमा उनी गभर्नर बन्ने पक्का जस्तै रहेको छ ।

त्यस्तै गभर्नर पदका लागि दाउ बनाउने अर्का पात्र हुन डा. मिन बहादुर श्रेष्ठ । राष्ट्र बैंकका पुर्व सञ्चालक समिती सदस्य समेत रहेका श्रेष्ठ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिन्छन् । प्रचण्ड प्रधानमन्त्री भएका बेला राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा नियुक्त भएका थिए । प्रचण्डको साथ पाएमा उनी गभर्नर बन्नेछन् भन्ने चर्चा बजारमा चल्न थालेको छ ।

गभर्नर पदको दौडका अर्का सहभागी हुन मुख्यसचिव लोकदर्शन रेग्मी । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निकटतम मानिन्छन् । त्यसैले पनि उनलाई प्रधानमन्त्रीको रुचीमा गभर्नर बन्न सक्नेमा अगाडी मानिएको हो ।

गभर्नर पदका लागि आकांक्षीका अर्का पात्र हुन् नेपाल बैंक लिमिटेडका अध्यक्ष वासुदेव अधिकारी। उनी अर्थमन्त्री डा. युवराज खतिवडाको निकटतम मानिन्छन् । अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्र बैंकको गभर्नर हुँदा उनी बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक भएका थिए। त्यसपछि उनी केही समय विदेशी विनिमय विभागमा पनि गए। अर्थमन्त्रीको निकटतम मानिएका कारण पनि उनलाई भावी गभर्नरका सम्भावित प्रमुख पात्रका रुपमा हेरिएका छन् ।

त्यस्तै राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक भिष्मराज ढुङ्गाना भने पदको बार्गेनिङमा रहेका छन् । एकातिर राष्ट्र बैंकको गभर्नर तथा अर्कातिर धितोपत्र बोर्डको अध्यक्ष पदको समेत दौडमा रहेका छन् । ढुङ्गानाले धितोपत्र बोर्डको अध्यक्ष बन्नका लागि गभर्नर पद मार्फत समेत बार्गेनिङ गरिरहेको पनि धेरैको जिकिर रहेको छ । उनी भने अध्यक्ष बन्ने भएमा भने गभर्नरको पदबाट बाहिरिने छन् ।

त्यस्तै राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक समेत रहेका भाष्करमणी ज्ञवाली, अर्थसचिव डा. राजन खनाल त्यस्तै लगानी बोर्डका सीईयो महाप्रसाद अधिकारी समेत गभर्नर पदको लागि दौडमा रहेका छन् । साथै उनीहरुले पनि आ आफ्नै तर्फबाट राजनीति पहुँच विस्तारका लागि लविङमा लागेको सञ्चार माध्यममा चर्चा रहेको छ ।

नेपाल राष्ट्र बैंकको गभर्नर नेपाल सरकारले नियुक्ती गर्ने गर्दछ । हालका गभर्नर डा नेपालको पदावदी सकिन अब केही महिना मात्र बाँकि रहेको छ । सेवा निवृत्त हुनुअघि गभर्नर एक महिना विदा बस्ने प्रचलन छ । गभर्नर विदा बस्नु अघि सरकारले गभर्नर सिफारिश समिति बनाउँछ । गभर्नर नियुक्तिको प्रक्रिया लामो भएकोले पनि अहिले देखिनै संभावितहरुको चर्चा चल्न थालेको हो ।

लोकपथमा प्रकाशित यो समाचार पढ्नुभएको थियो ? 

को बन्ला राष्ट्र बैंकको १७ औं गभर्नर? चर्चामा रहेका यी ७ नाम

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?