युरोपा लिगमा ईन्टरको जित

काठमाडौं । युरोपा लिगको अन्तिम ३२ को खेलमा ईटालियन क्लबले जित हासिल गरेको छ ।

बिहिबार राति भएको अन्तिम ३२ को पहिलो लेगको खेलमा ईन्टर मिलानले बुल्गेरियाको क्लब लुडोगोरेट्स रेजग्रेडलाई २–० ले पराजित गरेको हो ।

ईन्टरको जितमा टोटेनहमका पुर्व स्टार ईरिक्सनले पहिलो गोल गरे । अर्को गोल प्रियिमर लिग क्लब म्यानचेष्टर युनाईटेडका पुर्व स्टार रोमेलु लुकाकुले गरे ।

७१ औ मिनेटमा गोल गर्दै ईरिक्सनले गोल गर्दै ईन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । लुकाकुले ईन्जुरी समयमा गोल गर्दै पहिलो लेगको खेलमा ईन्टरको जित पक्का गरेका थिए ।

दोस्रो लेगको खेल ईन्टरको घरेलु मैदानमा हुनेछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?