लाकाजेटको गोलमा आर्सनल विजयी

काठमाडौं । युरोपा लिग अन्तर्गत अन्तिम ३२ को पहिलो लेगको खेलमा आर्सनलले जित हात पारेको छ ।

बिहिबार राति भएको खेलमा आर्सनलले ग्रिसको ओलम्पिकाओसलाई १-० गोल अनर्तरले पराजित गरेको हो । ओलम्पिका ओसको घरेलु मैदानमा आर्सनलललाई जित दिलाउन अलेक्जान्ड्रा लाकाजेटले विजयी गोल गरे ।

बराबरीतर्फ उन्मुख खेलमा बुकायो साकाको क्रसमा ८१ औ मिनेटमा फ्रान्सेली खेलाडी लाकाजेटले निर्णायक गोल गरेका हुन्  दोस्रो लेगको खेल आर्सनलको घरेलु मैदान ईमिरेट्स स्टेडियममा हुनेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?