किन बन्यो पाक क्रिकेटर अकमलको स्टाटस हाँसी मजाकको विषय ?

काठामाडौं । जब हामी आफ्नो बिशेष साथी हुन्छ तब उसको परिचय गराउँदा Brother From Another Mother लेख्ने गर्दछौँ । त्यसको मतलव हुन्छ उ आफ्नो भाई हो । तर पाकिस्तानी क्रिकेटर उमर अकमलले भर्खरै मात्र पूर्व क्रिकेटर अब्दुल रज्जाकसँगको एक फोटो सोशल मिडियामा शेयर गरेका छन् ।

फोटो शेयर गर्दै उनले उनले लेखेको स्टाटस सामाजिक सञ्जालमा ट्रोल बनेको छ । फोटो शेयर गर्दै उनले क्याप्सनमा Brother From Another Mother को ठाउँमा Mother From Another Brother लेखेका छन् । त्यसको केहि समयपछि उनले पोस्ट डिलिट गरेका छन् ।

मानिसहरु उनको उक्त पोस्टलाई लिएर सोशल मिडियामा उनको ट्रोल बनाइरहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?