श्रीमतीको जन्मदिन बिर्सियो भने जानुपर्छ जेल, संसारका ५ अनौठा कानून

काठामाडौं । हाम्रो संसार अनेक विविधताले भरिपूर्ण छ । त्यसैले हामी जीवनमा बिभिन्न अनौठा कहानी, समाचार र नयाँ तौर तरिकाहरु देख्ने र सुन्ने गरेका छौँ ।

संसारमा रहेका बिभिन्न देशहरुले देशमा अचम्मका कानून बनाएका छन् । तिनै अनौठा कानून र देशका बारेमा आज हामी तपाईलाई जानकारी दिनेछौँ ।

१. स्वीट्जरल्याण्ड

स्वीट्जरल्याण्डमा रातीको १० बजेपछि तपाई ट्वाईलेट जानुभयो भने ट्वाईलेटमा फ्लश गर्न पाईदैन । यो कानून हामीलाई अचम्मको र अनौठो त लाग्छ तर यो कुरा सत्य हो ।

२. अष्ट्रेलिया

अष्ट्रेलियाको भिक्टोरियामा हामी घर वा अफिसमा बल्व चेन्ज गर्ने काम हामी आफै गर्न सक्दैनौ । आफै चेन्ज गर्नु त्यहाँ गैरकानूनी मान्ने गरिन्छ ।

त्यहाँ उक्त काम क्वालिफाइड इलेक्ट्रिशियनले मात्र गर्न पाउँदछ । उक्त कानून नमान्नेलाई १० अष्ट्रेलियन डलर जरिवाना गरिन्छ ।

३. अमेरिका

अमेरिकाको समोआ द्वीपमा तपाईले यदि पत्नीको जन्म दिन बिर्सिनु भयो भने तपाईको जीवन नै धरापमा छ भनेर बुझ्दा हुन्छ । यदि त्यहाँ आफ्नी श्रीमतीको जन्मदिन बिर्सियो भने जेल जानुपर्दछ ।

४. जर्मनी

जर्मनीमा कहिल्यै पनि तपाईको गाडीको पेट्रोल सकिनु हुँदैन । यदि पेट्रोल सकिएर गाडीलाई तान्न थालियो भने त्यसलाई गैर कानूनी मान्ने गरिन्छ ।

किनभने त्यहाँ त्यस्तो गरिएको खण्डमा अन्य ड्राइभरको ध्यान भट्किन्छ र दुर्घटना हुन सक्छ । त्यस्तो भएको खण्डमा ६५ पाउण्ड जरिवाना तिराइन्छ ।

५. इटली

तपाई इटालीको मिलान शहरमा हुनुहुन्छ भने सधैँभरि अनुहारमा मुस्कान हुनुपर्दछ । अस्पताल र अन्तिम संस्कारमा बाहेक अन्य बेला सधैँ अनुहारमा मुस्कान हुनुपर्दछ ।

यदि तपाईले त्यो नियमको पालना गर्नुभएन भने जरिवाना तिराइन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?