पाकिस्तानी क्रिकेटर अकमललाई क्रिकेटमा प्रतिबन्ध, यस्तो छ कारण …

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले क्रिकेटर उमार अकमललाई क्रिकेटमा प्रतिबन्ध गरेको छ ।

पाकिस्तानले भ्रष्टाचार सम्बन्धि नियम उलंघन गरेको भन्दै तत्कालबाट लागु हुनेगरि अकमललाई क्रिकेटमा प्रतिबन्ध गरेको हो । पीसीबीले अकमलले एन्टी करप्सन कोडको धारा ४.७.१ को नियम उलंघन गरेको जनाएको छ ।

प्रतिबन्धसँगै अकमलले अब कुनैपनि क्रिकेटसँगको गतिविधि गर्न पाउने छैनन् । अर्को निर्णय नआउन्जेलसम्म उनले प्रतिबन्ध व्यहोर्नु पर्नेछ ।

पीसीबीले पाकिस्तान सुपर लिगका लागि अकमाको स्थानमा अर्को खेलाडी ल्याउन भने मिल्ने जनाएको छ । अकमल यस सिजन क्वेटा ग्लाडियटर्ससँग आबद्द भएका थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?