न्यु डाईमण्डलाई पराजित गर्दै एपीएफ फाइनलमा

काठमाडौं । एपीएफ क्लब चौंथो संस्करणको दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पर्वतको बेनीमा बिहिबार भएको पहिलो सेमिफाइनलमा न्यु डाईमण्ड स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।

एपीएफले न्यु डाईमण्डमाथि २५-९, २५-१५ र २५-१८ को सेटमा पराजित गर्यो । प्रतिभा चोटका कारण कोर्ट बाहिर रहेका छन् । अब एपीएफले फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबको विजेतासँग खेल्नेछ ।

यस अघि एपीएफ समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । न्यु डाईमण्ड समूह बी को उपविजेता बनेको थियो । न्यु डाईमण्डले अब तेस्रो स्थानको लागि खेल्नेछ ।

प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख, तेस्रोले ५० हजार पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?