खुसार्नी काट्दा भ्यागुतो निस्किएपछि उड्यो होश !

काठमाडौं । क्यानडामा एक कप्पलका साथ केहि अगाडि अचम्मको घटना भयो । कप्पलले खाना बनाउनका लागि बजारबाट शब्जी किनेर लिएर आए ।

डिनर बनाउँदै गर्दा उनीहरुले एउटा खुर्सानी भित्र जीवित भ्यागुतो फेला पारेका थिए । भ्यागुतो खुर्सानी भित्र देख्नासाथ उनीहरु अचम्ममा परे ।

क्यानडाको क्युबेकस्थित स्गुएएनेमा बस्ने निकोल गागन र गेरार्ड ब्ल्याकवर्नले ९ फेब्रुअरीको राती खाना बनाउनका लागि तराकारी किनेर ल्याएका थिए ।

साथमा उनीहरुले बेल पेपर नामक खुर्सानी पनि किनेर ल्याए । उनीहरुले किनेर ल्याएको उक्त खुर्सानीमा कुनै पनि प्वाल थिएन । तर जब उनीहरुले त्यो खुर्सानी काटे त्यहाँबाट जीवित भ्यागुतो बाहिर निस्किएको थियो ।

उनीहरुले भ्यागुतोलाई देखेपछि एउटा भाँडोमा हालेर राखे । तर पछि उनीहरुलाई उक्त जीव ग्रीन ट्रि फ्रग भएको थाहा पाएपछि अचम्ममा परे । त्यसपछि उनीहरुले सुपरमार्केटमा उजूरी हाले ।

कप्पलका अनुसार उनीहरुले उक्त भ्यागुतो क्युबेकको कृषी फिशरिज एण्ड फूड मन्त्रालयमा पठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

फोटो पोस्ट गर्दै युजर्सले क्याप्सनमा सबै खाले शब्जी काट्दा किराहरु मात्र देखिन थालेको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?