‘डेथ एनिभर्सरी’मा काटियो ‘डेड बडी’, सामाजिक सञ्जालमा चर्चा

काठमाडौं । हाम्रो संसार बिभिन्न अनौठा कुराहरुले भरिएको छ । हरेक देशमा मानिसहरुको आ-आफ्नै रहन-सहन र तौर-तरिकाहरु हुन्छन् ।

अनौठो र अचम्म लाग्ने एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भिडियोमा डेथ एनिभर्सरीमा एक व्यक्ति जस्तै देखिने केकलाई केहि मानिसहरु काटेर खाईरहेका छन् ।

भिडियोमा केक सर्वे गर्नका लागि वेटरहरु पनि छन् । साथै भिडियोमा केहि फोटोग्राफरहरु उक्त तस्बिर खिचिरहेका छन् ।

सोशल मिडियाबाट उक्त भिडियो स्पेनको भएको जानकारी मिले पनि अहिले सम्म कुनै पुष्टि भने हुन सकेको छैन ।

भिडियो हेर्ने कोहि पनि मानिस पहिलो पटकमा त डराउँन सक्छन् तर ध्यान दिएर हेर्दा उक्त डेड बडी जस्तो देखिने कुरा केक हुन्छ ।

केकलाई कोहि मरेको व्यक्तिका जसरी सजाईएको छ । उक्त भिडियो सोशल मिडियामा मानिसहरुले अत्याधिक शेयर गरिरहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?