एट्लान्टासँग भ्यालेन्सिया स्तब्ध

काठमाडौं । युएईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा स्पेनिस क्लब भ्यालेन्सिया स्तब्ध भएको छ । बुधबार राति भएको खेलमा भ्यालेन्सिया इटालियन क्लब एट्लान्टासँग ४-१ गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा एट्लान्टाका लागि हान्स हाटेबोएरले दुई गोल गरे । जोसिप ललिचिच र रिमो फ्रयूलेरले एक एक गोल गरे । भ्यालेन्सियाका डेनिस चेरीसोभले एक गोल फर्काए ।

यससँगै पहिलोपटक नकआउट चरणमा पुगेको एट्लान्टाले नकआउट चरणमा पहिलो जित निकाल्न सफल भएको छ । जितसँगै एट्लान्टाले क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । भ्यालेन्सियालाई भने दोस्रो लेगमा फराकिलो जितको आवश्यकता भएको छ ।

दोस्रो लेग खेल भ्यालेन्सियाको मैदानमा हुनेछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?