बी डिभिजन लिगको खेल तालिका सार्वजनिक, उद्घाटनमा ब्वाईज युनियन र श्री कुमारी भिड्ने

काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक भएको छ । बी डिभिजन लिगको उद्घाटन खेलमा ब्वाईज युनियन र श्री कुमारी क्लब प्रतिस्पर्धा गर्ने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा ब्वाईज युनियन र श्री कुमारी भिड्ने भएका हुन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल फागुन ११ गते हुनेछ । लिग चैत २३ गते सकिनेछ ।

लिगमा १२ क्लबले प्रतिस्पर्धा गर्नेछन् । एक टिम ए डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम सी डिभिजनमा घटुवा हुनेछ ।

यस पटक श्री कुमारी, ब्वाईज युनियन, श्री भगवती क्लब,टुसाल क्लब,खुमलटार युथ क्लब, नयाँ बस्ती युवा क्लब, झम्सिखेल युवा क्लब, आरसिटी क्लब, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसियसन, पुल्चोक स्पोर्ट्स क्लब र बाँसबारी क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

यस्तो छ खेल तालिका : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?