डेटिङ गएका प्रहरी दम्पतीले रेस्टुरेन्ट लुटिनबाट बचाए (भिडियोसहित)

काठमाडौं । डेटिङमा गएका प्रहरी दम्पतीले रेस्टुरेन्ट लुटिनबाट बचाएका छन् । रेजिङ केन्स रेस्टुरेन्टमा खाना खान गएका प्रहरी दम्पती रेस्टुरेन्टमा लुट्न आएका एकजना लुटेरालाई पक्राउ गरेका हुन् ।

चेज र निकोल मककिओन खाना खान रेस्टुरेन्टमा बसिरहेका थिए । उनीहरुले काउन्टरलाई मुकुन्डोधारीले धम्क्याइरहेको र काउन्टरपछाडिको मानिसले दुवै हात उठाएको देखे । त्यसपछि उनीहरूले आफ्नो बन्दूक निकाले र मुकुण्डोधारीलाई रेस्टुरेन्टबाट भगाए ।

केही परसम्म लखेटेर बन्दुक ताकेपछि लुटेरा रोकियो र त्यहाँ लुइसभिल मेट्रो प्रहरी आइपुग्यो । प्रहरीले उसलाई नियन्त्रणमा लिएको छ । चेज र निकोल मककिओन दुवैजना एलिजाबेथटाउनमा प्रहरी अधिकारी हुन् र उनीहरूको विवाह भएको ६ महिना मात्र भएको छ ।

डेटिङमा गएको भएपनि घटना हुँदै गरेको देखेपछि आफ्नो कर्तव्य याद आउने गरेको उनीहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

भिडियो : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?